चर्चित लेखक पाउलो कोएलोले भने– सेतो सूर्य फिल्म मन पर्‍यो

पाउलो कोएलो । द अल्किमिस्ट, हिप्पीलगायतका दर्जनौँ पुस्तक ब्राजिलियन लेखक । द अल्किमिस्ट त उनको कति चर्चित पुस्तक हो भने यो दर्जनौँ भाषामा अनुवाद भएको छ । नेपालमा पनि अंग्रेजी पुस्तक पढ्ने पाठकहरुका लागि यो पुस्तक निकै चर्चित पुस्तक हो । 

तिनै पुस्तकका लेखक पाउलो कोएलोले नेपाली फिल्म सेतो सूर्य हेरेका छन् । 

उनको यो जानकारी आफ्नै ट्विटरमा दिएका हुन् । नेपाली लेखक बुद्धिसागरलाई ट्याग गर्दै उनले आफूले ‘अत्यन्त राम्रो नेपाली फिल्म सेतो सूर्य’ हेरेको र यसका निर्देशक भेट भएमा बधाई दिन अनुरोध गरेका छन् । 

बुद्धिसागर आफैंमा पाउलोका प्रशंसक हुन् । उनले यसअघि बारम्बार पाउलोलाई ट्विटरमा विभिन्न सन्देश लेख्ने गरेका थिए, उनलाई ट्याग गर्दै ट्विट गर्ने गरेका थिए । 

अब आफूलाई ट्याग गरेर पाउलोले नेपाली फिल्म हेरेको जानकारी दिएपछि बुद्धिसागर उत्साहित भएका छन् । 



उनले पाउलोको ट्विटलाई रिट्विट गर्दै लेखेका छन्– ओहो भगवान ! यो त एउटा ऐतिहासिक पल हो, म यो विशिष्ट पल निर्देशक र कलकारलाई सेयर गर्नेछु ।

बुद्धिसागरले रिट्विट गरेपछि विभिन्न नेपाली सामाजिक सन्जालले पाउलोको ट्विटलाई रिट्विट गरेका छन् । कतिपयले यसलाई खुसीको कुरा भएको बताएका छन् । हुन पनि विश्व चर्चित एक लेखकले नेपाली फिल्मको प्रशंसा गरेको यो क्षण नेपाली कलाकार र नेपाली सिने जगत्लाई खुसीको कुरा हुनसक्छ । 



सेतो सूर्य दीपक रौनियारले निर्देशन गरेको फिल्म हो । नेपाली हलहरुमा यो फिल्म २०७३ सालमा प्रदर्शन गरिएको थियो । 

भेनिस, टोरन्टो र बुसानका चलचित्र महोत्सवहरुमा छनोट भएको र सिंगापुरमा पुरस्कृत नै भएको यो फिल्ममा प्रमुख भूमिकामा दयाहाङ राई छन् । 

फिल्ममा नेपालमा भएको १२ वर्षे लामो सशस्त्र द्वन्द्वपछिको नेपाली समाजको चित्रण गरिएको छ ।

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २३:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया