पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युवाहरुलाई गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखान सुझाव दिएका छन् । राजा र राजसंस्थाको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बाबुरामले युवाहरुलाई यस्तो आग्रह गरेका हुन् ।
उनले आधा गिलास उपलब्धिलाई जोगाएर बाँकि गिलास भर्ने कि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्ने भन्दै राजसंस्थाको समर्थन गर्ने युवाहरुलाई प्रश्नसमेत गरेका छन् ।
बाबुरामले अगाडिको स्यालसँग लड्दा पछाडि लुकेको ब्वाँसो नर्बिसर्नसमेत सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय बाबुरामले शनिबार बिहानै ट्वीट गर्दै यस्तो लेखेका हुन् । उनले स्याल र ब्वाँसो दुवैसँग लडेर अघि जाने साहस गर्न सुझाएका छन् ।
‘युवासंग आग्रह–गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ ! अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं ! नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् । अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।
युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!
— Baburam Bhattarai (@brb1954) November 28, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।