मैथिली साहित्य परिषद्लाई विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार

यस वर्षको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ । सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा बर्सेनि प्रदान गर्ने सो पुरस्कारको राशि रु २ लाख रहेको छ । 

परिषद्ले मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षण र प्रवर्धनमा पुर्‍याएको योगदान क्रियाशीलताका लागि सो पुरस्कार दिइने निर्णय गरिएको हो ।  कोषद्वारा शनिबार जारी विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो ।

त्यस्तै सो पुरस्कारअन्तर्गत रू १ लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषा जिल्लाका वृषेशचन्द्र लाललाई दिने निर्णय गरिएको छ । उहाँलाई  बिपी कोइरालाको मोदियाइन र सुम्निमा कृतिको मैथिली भाषामा अनुवादका लागि सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

धनुषा जिल्लाका सुजितकुमार झालाई  ‘पुनि पुनि होत विवाह’ नामक अनुसन्धामूलक कृतिका लागि नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका अमरेन्दकुमार यादवलाई ‘स्त्री आ आगि’ नामक कृतिका लागि नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो पुरस्कारको राशि जनही रू १ लाख रहेको छ ।

त्यस्तै सप्तरी जिल्लाका सुनिताकुमारी साह र धनुषा जिल्लाका अजितकुमार साहलाई नेपाल विद्यापति कला संस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि जनही रू ५० हजार रहेको छ । सदस्यसचिव नवीन मिश्रका अनुसार पाँचै विद्याका पुरस्कारको वितरण चालु आर्थिक वर्षभित्र नै हुनेछ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १८:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया