तत्काल नछोड्ने तर अब राजनीतिबाट अवकास लिने ओलीको घोषणा
फाइल तस्वीर ।

पछिल्लो समय देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद अहिले उत्कर्षमा पुगेको छ । यो विवादको केन्द्रमा छन्, नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड । 

यसअघि पनि नेकपामा विवाद भइरहँदा सबैभन्दा बढी चर्चा हुने विषय थियो– प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा । प्रचण्डलाई ओलीको राजीनामा माग गर्न नेकपाका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले सघाउँदै आएका थिए ।

यसपटक नेकपा विवाद फेरि उत्कर्षमा पुग्दा प्रधानमन्त्री तथा अध्यक्षमध्ये एक पदबाट ओलीले राजीनामा दिनु पर्ने आवाज विस्तारै उठ्दै थियो । यसअघि २८ कार्तिकमा बसेको नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष प्रचण्डले घुमाउरो तरिकामा ओलीको राजीनामा माग गरेका थिए । उनले प्रतिवेदनमा ओलीले तत्काल राजीनामा दिनु पर्ने त उल्लेख गरेका थिएनन् तर सचिवालय बैठकमा स्टेप डाउन गर्नु पर्ने अवस्था आएको बताएका थिए । 

त्यसको १३ दिनपछि १३ मंसिरमा फेरि बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो । यो बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनको जवाफका रुपमा आफ्नो प्रतिवेदन ल्याएका छन् । 

जसरी प्रचण्डको प्रतिवेदनमा ओलीमाथि विभिन्न आरोप लगाइएको थियो, त्यसै गरि ओलीको प्रतिवेदनमा प्रचण्डमाथि पनि निकै धेरै आरोप लगाइएका छन् । 

आजकाे प्रतिवेदनमा ओलीले प्रचण्डमाथि लगाएकाे आराेप र प्रश्नहरु पढ्न यहाँ क्लिक गर्नुहाेस् 



ओलीले आफ्नो प्रतिवेदनमा प्रचण्डमाथि राखेका प्रश्न र आरोपहरुबारे फेरि ३ दिनपछि नेकपाको सचिवालय बैठक बस्दै छ । आज आफूले राखेको जवाफी प्रतिवेदनमा ओलीले प्रचण्डको प्रस्तावले पार्टीमा फुट ल्याउने भएकाले त्यसलाई फिर्ता गर्नु पर्ने उल्लेख गरेका छन् । तर, यसबारे निर्णय त्यही दिन हुनेछ । 

आजको प्रतिवेदनमा ओलीले अर्को कुरा पनि दोहोर्याएका छन् । उनले अब आफू सत्ता र पार्टी अध्यक्षमा नरहने संकेत केही दिनअघि देखि गर्न थालेका थिए । आजको प्रतिवेदनमा पनि उनले यसलाई दोहोर्याएका हुन् । त्यसो त यसअघि निर्वाचनमा पनि फाट्टफुट्ट रुपमा ओलीले यसलाई बताउँदै आएका थिए । 



आज लेखेको जवाफी प्रतिवेदनमा ओलीले भनेका छन्, ‘मैले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु ।’

यतिमात्र होइन, ओलीले आजको प्रतिवेदनमा आफूले नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृथतव गर्ने समाथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर अवकास लिन चाहेको पनि बताएका छन् । 

तर, अहिले नै आफूले पार्टी र सरकारबाट नहट्ने उनले अडान लिएका छन् । उनले लेखेका छन्, ‘गम्भीर आत्मसमिक्षा गरौं कमरेडहरु, र जनचाहना अनुरुप अगाडि बढौँ ।’

यसअघि ओलीले विभिन्न सन्चारमाध्यम तथा सार्वजनिक कार्यक्रममा समेत आफूलाई जनताले प्रधानमन्त्री चाहेको र प्रधानमन्त्रीमा निर्वाचित गरेको उल्लेख गर्न थालेका थिए । अनि उनले अहिले आफूलाई हटाउन अल्पमत र बहुमतको खेल नखेल्न पनि अनुरोध गरेका छन् ।


  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार २१:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया