गाईकाे बाच्छी मार्ने पक्राउ

मोरङको सुनबर्षी नगरपालिका–२ बाट शुक्रबार साँझ गाईको बाछी मार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनबर्षी–२ स्थित सुघा बजारका ३० वर्षीय भूपेन्द्र राईलाई बाछी मारेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

भूपेन्द्र र उनका जुम्ल्याहा भाइ गजेन्द्रबीच घरायसी विवाद हुँदा भाइले पालेको बाछी मारेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको जनाएको छ। भूपेन्द्रले बाछीलाई हथौडाले हानेर मारेको र उनलाई नियन्त्रण लिएर थप अनुसन्धान अघि बढाएको डिएसपी राईले जानकारी दिए।





  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार ०:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया