म्याग्दीमा बोलेरो दुर्घटना : एकको मृत्यु, ५ जना घाइते
म्याग्दीमा दुर्घटनामा परेको बोलेरो ।

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको भाइबाङ खोलामा बोलेरो दुर्घटना भएको हो । 

 बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २ ०३–००१ च ०२५३ नम्बरको बोलेरो भाइबाङ खोलमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक खुमबहादुर कटुवालकी छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको म्याग्दी प्रहरीले जानकारी दिएको छ। 

 घाइतेहरूलाई थप उपचारका लागि सदरमुकाम बेनी पठाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १२:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया