नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मात्रै १ हजार २५५ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा ३, पाँचथरमा २, मोरङमा ७३, संखुवासभामा ७, सोलुखुम्बुमा ७ र सुनसरीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, प्रदेश २ को धनुषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २ र सिरहामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २१, चितवनमा २६, दोलखामा ७, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ६१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासी पूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ४ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नवलपरासीमा २, पाल्पामा १२, प्युठानमा ३, बर्दियामा ७, बाँकेमा १७ र रुपन्देहीमा ३५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएका छैनन् । सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १५, कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बझाङमा ७ र बैतडीमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।