सरकारले मौरिससका एक नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ ।
ती व्यक्ति गैरकानुनी रुपमा नेपाल बसेको भन्दै मन्त्रिपरिषद बैठकले देशनिकाला गरेको हो ।
सरकारले राहुल पुन्चु नामका मौरिससका नागरिकलाई विलम्ब शुल्क र जरिवाना मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा उनले बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।