सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता युवाको शव फेला परेको छ । उनी दुहबी २ का १७ वर्षीय सुजननारयण चौधरी हुन् ।
सोमबार बिहान उनको शव दुहबीमै रहेको शुभलक्ष्मी उद्योगको पछाडि झाडीमा भेटिएको हो ।
११ कक्षामा अध्ययनरत उनी पाँच दिन देखि हराइरहेका थिए । प्रहरीले उनको हत्या भएको हुनसक्ने आशंका गरेको छ । उनको अपहरण भएर हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । उनी हराएकै दिन उनकी आमालाई फोन गरेर फिरौती मागेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।