म्याराडोनाको डाक्टरकाे क्लिनिकमा प्रहरीको छापा

अर्जेन्टिनाका चर्चित फुटबलर डिएगो म्याराडोनाको निधनको चार दिनपछि प्रहरीले उनको घरमा छापा मारेको छ । उनको साथै उनका चिकित्सक लियोपोल्डो लुकेको क्लिनिक र घरमा पनि प्रहरीले छापा मारेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । 

म्याराडोना विश्वमै सबैभन्दा चर्चित फुटबलरमध्ये एक हुन् ।

उनको उपचारमा कुनै लापरवाही नभएको सुनिश्चित गर्न प्रहरीले उनको घर र चिकित्सकको क्लिनिकमा छापा मारेको हो ।

६० वर्षका म्याराडोनाको २५ नोभेम्बरमा अर्जेन्टिनाको राजधानी ब्यूनस आइरसस्थित उनको घरमा नै हृदयघातका कारण निधन भएको थियो । 

उनका छोरीहरुले बाबुलाई कुन औषधी चलाइएको थियो भन्नेबारे छानबिन गर्न अनुरोध गरेपछि प्रहरीले यो छापा मारेको हो ।

म्याराडोनाको केहीअघि मात्र मस्तिष्कको सर्जरी गरिएको थियो ।






  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार ११:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया