नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन आएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी आएका ती नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ ।
बझाङ दुर्गाथली गाउँपालिका–४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन आएका डोटी सायल गाउँपालिका–६ का २२ वर्षीय सुमन खड्का पक्राउ परेका थिए । त्यसपछि प्रहरीले परीक्षा दिन लगाउने मुकेशलाई पनि पक्राउ गरेको छ ।
अहिले दुवैजना थुनामा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।