नेपालमा कोरोनाभाइरसः पोखरमा एकै दिन चार जनाको मृत्यु

नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या पछिल्ला दिन बढ्दै गइरहेको छ ।

यहीबीच आइतबार पोखरामा चार जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक अस्पतालमा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार ज्यान गुमाउने ३ जना पुरुष हुन्, एक महिला हुन् ।

ज्यान गुमाउनेमा ६५ वर्षका पुरुष, ५१ वर्षका पुरुष र ६७ वर्षका पुरुष रहेका छन् । यीमध्ये एकनामा ८ मंसिरमा र दुई जनामा ११ मंसिरमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, पोखराको चरक अस्पतालमा पोखराकै ५७ वर्षीया महिलाको पनि कोरोनाका कारण निधन भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि १२ मंसिरमा भएको थियो ।





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १३:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया