प्रधानमन्त्री ओली पनि अब टिकटकमा

पछिल्लो समय नेपालमा चर्चित बन्दै गइरहेको भिडियो ब्लगिङ सामाजिक सन्जाल टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओली जोडिएका छन् । 

ससाना भिडियो राखेर बनाइने टिकटक भिडियो अहिले सबैको चर्चाको केन्द्रमा रहेका छन् । यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट नै उनी टिकटकमा जोडिएका हुन् ।

टिकटकमा जोडिएको केही समयमा नै प्रधानमन्त्री ओलीले ३ हजारभन्दा धेरै फलोअर्स पाएका छन् । 

उनको टिकटक प्रोफाइल भेरिफाइड पनि भएको छ । अनि टिकटक भिडियोमा प्रधानमन्त्री ओलीले एउटा भिडियो राखेका पनि छन् । भिडियोमा परिचयमा नेपालमा डिजिटल इन्टिग्रेसनमा आफूहरुले काम गरिरहेको प्रधानमन्त्री ओलीले लेखेका छन् ।

तर, टिकटकको बायोमा चाहिँ ओलीले केही पनि उल्लेख गरेका छैनन् । 

प्रधानमन्त्री ओली अहिले सामाजिक सन्जाल फेसबुक र ट्विटरमा पनि छन् । केही समयअघि प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल ट्विटर र फेसबुक आफूले समेत चलाउने गरेको उनको सचिवालयले जनाएको थियो । 



भारतलगायतका केही देशमा चिनियाँ एप टिकटकमाथि चाहिँ प्रतिबन्ध लगाइएको छ । 
 

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound - We support Nepal - KP Sharma Oli
  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १४:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया