कञ्चनपुर प्रहरीले नक्कली नोट छापेको आरोपमा एक दम्पतीलाई पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रितिका बम र उनका श्रीमान् अनुज शर्मा छन् । उनीहरुको साथबाट केही थान नक्कली नेपाली नोट पनि बरामद गरिएको छ ।
पक्राउपछि उनीहरुको डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोट, ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसिन १ थान, कैँची २ थान, किबोर्ड २ थान, माउस १ थान, विभिन्न बैंकको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर फेला परेको ती सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि नक्कली नोट बनाउने एक युवक पक्राउ परेका थिए । पक्राउ पर्नेमा भारतीय नागरिक अनुप शर्मा थिए । पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रासम्बन्धी कसुर मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।