आठ वर्षदेखि २०० जना विद्यार्थीलाई निःशुल्क पढाउँदै मनोज

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरका एक युवाले करिब ७–८ वर्षदेखि करिब १५०–२०० जना साना–साना विद्यार्थीलाई निःशुल्क शिक्षा दिँदै आएका छन् ।

जितपुरका युवा मनोजकुमार साहले ७–८ वर्षदेखि करिब २०० जना विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिँदै आएका हुन् । 

जो बच्चा पैसाको अभावले ट्युसन वा कोचिङ पढ्नबाट वन्चित हुन्छन्, त्यस्ता बच्चाहरूलाई शिक्षा दिँदै आएको मनोज बताउँछन् । उनी शिक्षा मात्र होइन,  सो भेगका बच्चाहरूलाई निःशुल्क सितोरियो कराते पनि सिकाउँछन् । 

साहले सितोरियो करातेमा थ्री डनसम्मको तालिम लिएका छन् । उनी सह–प्रशिक्षकका रूपमा तालिम गराउँदै आएका छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १९:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया