धूमवाराहीमा बहुप्रतिक्षित नेकपा बैठकः के होला आजको बैठकमा छलफल ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित सचिवालय बैठक आज धूमवाराहीमा बस्दै छ । धूमवाराही पार्टी कार्यालयमा बस्ने यो सचिवालय बैठकलाई किन पनि बहुप्रतिक्षित भनिएको हो भने यसले अब नेकपाको भविष्य निर्धारण गर्ने अनुमान धेरैले गरेका छन् । 

३ दिनअघि बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कार्तिकमा पेश गरेको प्रतिवेदनको जवाफका रुपमा आफ्नो प्रतिवेदन सचिवालय बैठकमा राखेका थिए । 

जवाफी प्रतिवेदनका रुपमा उनले पेश गरेको प्रतिवेदनमा अध्यक्ष प्रचण्डलाई केही दर्जन प्रश्न राखिएको थियो र केही गम्भीर आरोपहरु लगाइएको थियो । अर्कोतिर, प्रचण्डले सचिवालय बैठकमा नै राखेको प्रतिवेदनमा पनि प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई समेत प्रश्रय दिएको आरोप लगाइएको थियो ।

नेकपाका यी दुई अध्यक्षबीच भएको आरोपप्रत्यारोपबीच आज बस्ने सचिवालय बैठक त्यसैले निकै महत्वपूर्ण मानिएको छ । 

आजको बैठकमा के हुने सम्भावना छ त ? 

‘आज दुवै अध्यक्षले बैठकमा आआफ्नो प्रतिवेदनको समर्थनमा कुरा राख्ने अनुमान गर्न सकिन्छ,’ नेकपाका एक सचिवालय सदस्यले फरकधारलाई बताए, ‘अनि अध्यक्ष प्रचण्डले ओली कमरेडको प्रतिवेदनको जवाफ पनि दिनुहुनेछ ।’



आजको बैठकमा अध्यक्ष प्रचण्डको समर्थनमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले आआफ्ना तर्क राख्ने पनि अनुमान गरिएको छ ।

३ दिनअघि अध्यक्ष ओलीले दिएको जवाफ व्यक्ति केन्द्रित भएको भन्दै यसअघि नै सचिवालयमा उनीइतर पक्षले त्यसको विरोध गरिसकेका छन् ।



  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार १०:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया