यो वर्षको ए डिभिजन लिग हुने सम्भावना कम

कोराना महामारीका कारण यो वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुने निश्चित जस्तै भएको छ । एन्फा कोरोनाका कारण रोकिएका घरेलु लिगहरू भने पुनः सञ्चालन गर्ने तयारीमा छ । यस विषयमा राखेप र एन्फाबीच छलफल सुरु भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको छलफलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वर्ष सञ्चालन हुने विभिन्न फुटबल लिगहरूका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालसँग परामर्श गरको छ ।

लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले सिलवाललाई लिगका बारेमा जानकारी गराएका थिए, तर लिग कहिलेदेखि सुरु हुन्छ भन्ने बारे एन्फाले केही खुलाएको छैन ।

कार्यक्रममा राखेप सदस्य समेत रहेका एन्फा महिला विभाग प्रमुख हरि खड्काले महिला फुटबलको विकासको योजना, एन्फा उपाध्यक्ष तथा टेक्निकल प्रमुख उपेन्द्रमान सिंहले प्राविधिक पक्ष, हेड अफ इलाइट युथ नवीन महर्जनले युवा खेलाडीको विकास तथा रेफ्री डिपार्टमेन्ट प्रमुख गोकुल थापाले पाँच वर्षे रेफ्री योजनाको बारेमा जनकारी गराएको एन्फाले बताएको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार १२:५२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया