पूर्वकप्तान कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन
फाइल फोटो

नेपाल क्रिकेट संघ (क्यान) ले दुई समिति गठन गरेको छ । क्यानले बुधबार एक विज्ञप्ति जारी गरी संघको मंसिर १५ मा बसेको कार्यसम्पादन बैठकको निर्णय अनुसार क्रिकेट समिति तथा खेलाडी छनोट समिति गठन गरेको जानकारी गराएको हो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान उत्तम कार्माचार्य संयोजक रहने गरी खेलाडी छनोट समिति गठन भएको छ  । 

नेपालले कर्माचार्यको कप्तनीमा सन् १९९६ मा एसिसी ट्रफी खेलेको थियो । जुन नेपालले खेलेको आइसिसी मान्यता प्राप्त पहिलो आधिकारिक प्रतियोगिता हो । 

उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट सिमिति पनि गठन भएको छ । यी दुवै समितिका अन्य सदस्य भने संघको आगामी बैठकबाट थप गरिने निर्णय भएको क्यानले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १२:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया