विष्णु पौडेलले आकस्मिक काम पर्‍यो भनेपछि नेकपा बैठक एक घण्टा सारियो
फाइल फोटो

एक बजेका लागि तय भएको नेकपा सचिवालय बैठक एक घन्टा पर सरेको छ।  महासचिव विष्णु पौडेलले आकस्मिक काम परेको भनेपछि २ बजे बैठक सारिएको   नेकपामा सचिवालयका एक नेताले जानकारी दिएका छन् । 

प्रधानमन्त्रीसहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालय बैठक केही समयपछि दिउँसो २ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार बसेको नेकपा सचिवालय बैठक बुधबार फेरि बस्ने गरी सकिएको थियो । आजको बैठकमा प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले आफू उपस्थित नहुने बताइसकेका छन् । ओली उपस्थित नभएपनि अन्य नेताहरु भने बैठक राख्ने तयारीमा थिए । 

ओलीनिकट सचिवालय सदस्य पौडेलले पनि बैठकमा अनुपस्थित हुन बहाना गरेको हो वा साच्चै काम परेको भन्ने बारेमा भने जानकारी प्राप्त भइसकेको छैन । 





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १२:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया