अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

प्रहरीको आडमा अनियमितता गरेको आरोपमा गृह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसपछि मन्त्रालयले बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरेको हो ।

दुवैजनामाथि प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा रहँदा  अनियमितता गरेको अभियोगमा लागेको छ । दुवैमाथि अनियमितता  गरेको उजुरी परेपछि निलम्बन गरेर

छानबिन थालिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । कुँवरका अनुसार निलम्बित एसपीमाथि छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानबिन समिति गठन गरिएकोे छ । 

एसपी बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् । प्रहरीभित्र दुवैजना विवादास्पद छविका अधिकृतका रूपमा चिनिन्छन् ।


 





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १२:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया