कैलालीका डिएसपी चौधरी निलम्बित
फरकधार / १७ मंसिर, २०७७

इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
 
यही मंसिर ९ गते राति सम्पर्कविहीन भएका डिएसपी चौधरीलाई आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

‘गृह मन्त्रालयले उहाँलाई निलम्बन गरेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘छानबिनको क्रममा उहाँलाई निलम्बन गरिएको हो ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाको नेतृत्वमा उनीमाथि छानबिन गरिरहेको जनाएको छ । पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

‘छानबिन समितिले प्रतिवेदन तयार गरिरहेको छ । प्रतिवेदन हेरेर उहाँको दोषअनुसारको कारबाही हुन्छ,’ एसएसपी सिंहले भने, ‘दोष देखिएन भने उहाँ जिम्मेवारीमा फर्किनुहुन्छ ।’

सम्पर्कविहीन भएका डिएसपी चौधरी कैलालीको एक होटेलमा भेटिएका थिए । प्रहरीले भने उनी आफैँ सम्पर्कमा आएको बताएको छ ।

  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १६:४५:५५,   अन्तिम अपडेट : मंसिर १७, २०७७ बुधबार १७:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया