एनएमबी बैंक 'दी बैंकर्स बैंक अफ दी इयर २०२०'बाट सम्मानित

एनएमबी बैंकलाई दी फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा सम्मान गरेकाे छ । बैंकले विगत चार वर्षमा तेस्रोपटक ‘दी बैंकर्स बैंक अफ दी इयर’ सम्मान पाएकाे छ ।

विगत चार वर्षमा तेस्रोपटक गरिमामय उपाधिबाट सम्मानित गरिएकोमा हर्ष विभोर भएको बैंकले जनाएको छ । विश्व समुदाय नै कोभिड १९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको सो सम्मान आफ्ना कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दिगो व्यवसाय विस्तारप्रतिको ऐक्यबद्धताका साथै सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाको अनवरत सहयोगको प्रतिफल भएको बैंकले जनाएको छ । 

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको जनाएको छ ।

एनएमबी बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो, जसको फलस्वरुप कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भित्र्याउन सफल भएको बैंकले जनाएको छ । बैंकले नेपालमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार २०:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया