अभिनेत्री श्वेता खड्काको विवाह सोमबार

केही अघि मात्र विवाहको चर्चा चलेको थियो, अभिनेत्री श्वेता खड्काको । तर, उनले यो चर्चालाई आधारहिन बताएकी छिन् । 

तर, अब उनले विवाह गर्ने निश्चित भएको छ । उनको विवाह आगामि सोमबार हुने भएको हो ।

दशैंमा उनले एक युवासँग टीका लगाएको तस्वीर बाहिर आएको थियो । तिनै युवासँग उनको विवाह हुने भनिएको थियो । तर, यसबारे श्वेताले तत्कालीन समयमा यसलाई अस्वीकार गर्दै आएकी थिइन् ।

२२ मंसिरमा अब श्वेताले विवाह गर्ने भएकी हुन् । उनले विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् । उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने भनिएको छ ।

यसअघि श्वेताको अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । नेपाली फिल्ममा कहाँ भेटिएलाबाट डेब्यू गरेकी श्वेताको २०७१ साल २३ असारमा श्रीकृष्ण विवाह भएको थियो । 

तर, विवाहको दुई दिनपछि बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा २५ साउनमा भारतमा निधन भएको थियो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार २१:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया