बेलायतले दियो कोरोनाविरुद्धको फाइजरको भ्याक्सिन प्रयोगको अनुमति, अर्को साताबाट प्रयोग गरिने

विश्वमै कोरोनाभाइरसविरुद्ध बनेको भ्याक्सिन प्रयोग गर्न अनुमति दिने पहिलो देश बनेको छ बेलायत । बेलायतले फाइजर र बायोनटेक कम्पनीले बनाएका भ्याक्सिन बेलायतमा प्रयोग गर्ने अनुमति दिएको हो । 

योसँगै अब बेलायतमा आम मानिसमा पनि यो भ्याक्सिन प्रयोग हुने भएको छ । 

यसअघि यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । भ्याक्सिन प्रयोग गरेपछि कोरोनाभाइरस लाग्ने सम्भावना अत्यन्त कम हुने भएको छ ।

अहिले बेलायतमा ८ लाख डोज यो भ्याक्सिन आउने क्रममा रहेको बताइएको छ ।






  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार २२:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया