\
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले इरानका शीर्ष परमाणु वैज्ञानिकको हत्यापछाडि इजरायलको संलग्नता रहेको बताएका छन् । तर, उनले यस विषयमा डोनाल्ड ट्रम्प प्रशासनलाई थाहा भएको या नभएको भन्ने विषयमा चाहिँ केही बोलेका छैनन् ।
उनका अनुसार इजरायले यसअघि यस्ता घटनामा आफ्नो योजना अमेरिकासँग सेयर गर्ने गथ्र्यो । तर, यसपटक इजरायलले यस विषयमा अमेकिरालाई जानकारी दिएको या नदिएकोबारे केही बताइएको छैन ।
त्यस्तै, इरानले पनि इजरायललाई दोषी ठहर गरेको छ । यसको परिणाम निकै क्रुर हुने इरानी अधिकारीहरुले यसअघि बताइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।