नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण सुरु भएको छ ।
सूर्योदय नगरपालिकाको २० प्रतिशत र प्रदेश–१ सरकारको ८० प्रतिशत लगानीमा केन्द्र निर्माण शुरु भएको बताइएको छ ।
२३ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको केन्द्रको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका हुन् । केन्द्रले देशभर उत्पादन हुने चियाको गुणस्तर जाँच गरी विश्व बजारमा पु¥याउने उनले बताए । केन्द्रले नेपाली चियाको प्रवद्र्धनमा ठूलो योगदान गर्ने विश्वास उनको छ ।
कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा केन्द्र निर्माण हुनेछ । सूर्योदय –७ मा १८ महिनामा केन्द्र निर्माण सम्पन्न भइसक्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।