अपाङ्गताको सवालमा सरकार बेखबर भएको आरोप
२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सुर्खेत अपाङ्ग समाजले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूको सवालमा सरकार बेखबर रहेको गुनासो गरेका छन् । अपाङ्गका सवालहरू पटक–पटक सरकारसँग राखे पनि त्यसको कुनै पनि सुनुवाइ नभएको गुनासो उनीहरूले गरेका हुन् ।

उनीहरूले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता २ हजारबाट बढाएर मासिक ५ हजार पुर्‍याउनु पर्ने, अतिअशक्त लगायत अन्य अपाङ्गगता भएका व्यक्तिको हकमा ६ सयबाट बढाएर २ हजार कायम गर्नुपर्ने, अपाङ्गगता परिचय–पत्र प्राप्त सबै व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त हुने गरी बजेट विनियोजन गर्नुपर्ने बताइएको छ । 

साथै अपाङ्गगता भएका व्यक्तिका लागि पहुचयुक्त भौतिक संरचना सेवा निर्देशिका २०६९ सालमा नेपाल सरकारले लागु गरेको भए तापनि यसको कार्यान्वयन र अनुगमन फितलो भएको बताइएको छ ।

विभिन्न २२ बुँदे सवालमा घरबार बिहीन अपाङ्गहरूलाई जनता आवास कार्यक्रममार्फत् आवास निर्माण गर्ने गरी बजेट विनियोजन गर्नुपर्ने, नेपाल सरकारका तर्फबाट अपाङ्गता जीवन, स्थिति, अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्न बजेट छुट्याउनुपर्ने माग राखिएको छ ।

नेपाली साङ्केतिक भाषा विकास तथा अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिका लागि ६ सिट सम्मको गाडी र अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित पुनःस्थापना केन्द्रको हकमा अपाङ्गता रोकथाम, उपचार र पुनःस्थापनाका लागि १८ सिट सम्मको गाडी खरिदमा भन्सार छुटको नीति अवलम्बन गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको खेलकुद र मनोरञ्जनका लागि प्रदेशस्तरीय विशेष खेलकुद आयोजना गर्न बजेट छुट्याउनुपर्ने लगायतका सवालहरू उठाएका छन् । 

२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सुर्खेत अपाङ्ग समाजले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उनीहरूले सरकारले पछिल्लो समयमा बनाएको कानुनमा अपाङ्गलाई प्रथामिकता दिनुको साटो भएका कुराहरू समेत हटाइएको आरोप लगाएका छन् ।



सुर्खेत अपाङ्गता समाजका अध्यक्ष मायाप्रसाद जैशीले २०३९ सालको अपाङ्गगता संरक्षण ऐनमा भएका कुराहरू पनि नयाँ बनेको ऐनमा हटाइएको बताइएको छ ।

‘स्थानीय तथा प्रदेश सरकार गठन भएयता पटक–पटक आफ्ना सवालहरूका विषयमा गम्भीर बन्न ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएन,’ अध्यक्ष जैशीले भने, ‘अपाङ्गता भएका मानिसहरूको सवालमा सरकार बेखबर छ । अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्णरूपमा व्यवस्था गरिएको छ ।’ साथै उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा गम्भीर बन्न सरकारलाई आग्रह समेत गरेका छन् ।



  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १९:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया