राष्ट्रपति र प्रचण्डबीच शीतलनिवासमा एक घण्टा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका वेला यस प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्दो छ । सो पार्टीभित्रको विवाद सतहमा आएसँगै प्रधानमन्त्री केपी ओलीले दर्जनौँपटक राष्ट्रपतिसँग भेट गरेका छन् । 

प्रधानमन्त्री ओली मात्र होइन, पछिल्लो समय राष्ट्रपतिसँग नेकपाका अन्य नेताको पनि भेटघाट बाक्लिएको छ । यसै क्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । 

बिहीबारै दिउँसो प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा भेटवार्ता गरेका थिए । साँझ प्रचण्डले राष्ट्रपतिसँग एक घण्टा भेटवार्ता गरेको स्रोतले बताएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १९:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया