प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८७ जना कोरोना सङ्क्रमित थपिए

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १२२ मध्ये विराटनगरमा ६१, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा चार, पाँचथर र उदयपुरमा तीन–तीन, भोजपुरमा दुई, ताप्लेजुङ, खोटाङ र धनकुटामा एक–एक तथा प्रदेश बाहिरका २६ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २७ हजार ८२० पुगेको छ ।

दश जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४३७ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ९४ हजार १६७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार २०:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया