पत्रकारमाथि आक्रमण गर्ने मालपोतका एक कर्मचारी पक्राउ परेका छन् । झापाको दमकमा रहेको मालपोत कार्यालयमा कार्यरत खरिदार इन्द्र राजवंशी शुक्रबार बिहान पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार एक सेवाग्राहीसँग घुस लिइरहेका बेला एक स्थानीय अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात भएको थियो । पीडितले उजुरी गरेपछि राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मालपोत कार्यालयमा सेवाग्राहीबाट १० हजार घुस लिन खोजिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।