झापाको एक प्लाइ उद्योगमा आगलागी
फाइल फोटो

झापाको बिर्तामोडमा रहेको एक प्लाइ उद्योगमा आगलागी भएको छ । बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । 

स्थानीय होमप्रसाद घिमिरेको प्लाइ कारखानामा विद्ययुत सर्ट भएर आगालगी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट उद्योगका ३० लाख बराबरका सामग्री जलेर नष्ट भएको झापा प्रहरीले जानकारी दिएको छ । 

आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी,  प्रदेश नं १  विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट प्रहरी टोली खटिएको थियो। 

दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयबासी सहयोगमा नियन्त्रणमा लिइएको थियो । 
 





  • प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार १३:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया