सचिवालय बैठकअघि प्रचण्ड ईश्वर पोखरेल र विष्णु पौडेलसँग छलफलमा
फरकधार / २० मंसिर, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु हुनुअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई सचिवालय सदस्यसँग छलफलमा जुटेका छन् । 



प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका नेताद्वय ईश्वर पोखरेल र विष्णु पौडेलसँग छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार उनीहरुसँगको छलफलपछि मात्र सचिवालय बैठक सुरु हुने भएको छ । 

नेकपामा पछिल्लो समय देखिएको संकटका विषयमा आजको सचिवालय बैठकमा छलफल हुँदैछ । यसका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई यसअघि उनले २८ कार्तिकमा सचिवालयमा राखेको प्रतिवेदन फिर्ता लिन अनुरोध गरेका छन् । तर, प्रचण्ड आफ्नो प्रतिवेदन फिर्ता लिने पक्षमा छैनन् । 



आज बस्ने भनिएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने या नहुने भन्ने अहिलेसम्म टुंगो लागेको छ । यसअघिको सचिवालय बैठकमा ओली उपस्थित भएका थिएनन् । 

@farakdhar.com

नेकपा फुट्छ कि फुट्दैन ? - ठाकुर गैरे ##Farakdhar ##ThakurGaire Full Video Link: https://www.youtube.com/watch?v=63ipRmjplU4

♬ original sound - FarakDhar.com
  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १३:३:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया