प्रधानमनत्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो समयपछि बालुवाटारमा भेट भएको छ ।
आज नेकपाको सचिवालय बैठक बस्नुअघि यी दुई जनाबीच बालुवाटारमा भेट भएको हो ।
उनीहरुबीच लामो समय यता एक्लाएक्लै भेट भएको थिएन । पछिल्लो पटक २५ कात्तिकमा उनीहरुबीच वान टु वान भेट भएको थियो ।
पछिल्लो समय नेकपामा यी दुई अध्यक्षबीच आरोपप्रत्यारोपको श्रृङ्खला चलिरहेको छ । २८ कार्तिकमा नेकपा सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन र उनलाई १० मंसिरमा ओलीले दिएको जवाफी प्रतिवेदनका कारण अहिले नेकपा विभाजनको संघारमा पुगेको छ ।
त्यसो त यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरु दुई अध्यक्षलाई भेटाउन सक्रिय भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।