रुसले सुरु गर्यो मस्कोमा कोरोनाभाइरस भ्याक्सिन लगाउन

गत वर्ष चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउन अब रुसमा सुरु गरिएको छ । रुसको मस्कोका विभिन्न क्लिनिकहरुमा यो भ्याक्सिन पहिलो पटक सार्वजनिक रुपमा लगाउन थालिएको हो । रुसले सबैभन्दा पहिले यो भ्याक्सिन सबैभन्दा ठूलो जोखिममा रहेकाहरुलाई लगाउन थालेको हो । 

रुसले आफ्नै भ्याक्सिन स्पुत्निक भी लगाउन थालेको हो । यो भ्याक्सिन गत अगस्टमा नै दर्ता गरिएको थियो । 

यसका विकासकर्ताहरुले यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेका छन् । साथै यो भ्याक्सिनको परीक्षणमा कुनै साइड इफेक्ट पनि देखिएको थिएन । 

यो भ्याक्सिनका लागि त्यहाँ अब हजारौँले दर्ता गरेका छन् । तर, अहिलेसम्म यो भ्याक्सिन कति जनालाई लगाउन सकिन्छ भन्ने प्रष्ट भइसकेको छैन । यो वर्षको अन्त्यसम्म यसको २० लाख डोज मात्र बनाउन सकिने उत्पादकले बताउँदै आएको छ ।

@farakdhar.com

मिर्गौला कसले दान गर्न पाउछ ? ##Dr Rishikumarkafle

♬ original sound - FarakDhar.com




  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १३:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया