राजसंस्था तथा हिन्दू राष्ट्रको माग गर्दै झापामा राप्रपाको प्रदर्शन

राजसंस्था तथा हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनिबार विशाल प्रदर्शन भएको छ । राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृहजिल्ला झापामा प्रदर्शन गरेको हो । 

राप्रपाले मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गरेर प्रदर्शन गरेको हो । र्यालीमा हजारौँको सहभागिता रहेको थियो । प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए । 

दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्याली प्रारम्भ भएको थियो। बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिबारको प्रदर्शन सुरुवात मात्र भएको बताए । 



उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ ।’ राजसंस्था तथा हिन्दू राष्ट्र देशको आजको आवश्यकता भएको नेता लिङदेनले बताए ।



  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १९:२७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया