टि–२० सिरिज आफ्नो पक्षमा पार्ने दाउमा भारत

अस्ट्रेलिय–भारत तीन खेलको टि–२० अन्तर्गत दोस्रो खेल आइतबार (आज) हुँदैछ । खेल नेपाली समयअनुसार सिड्नी क्रिकेट मैदानमा दिउँसो १ः५५ बाट सुरु हुनेछ । अस्ट्रेलियाको कप्तानी आरोन फिंच र भारतको कप्तानी विराट कोहलीले गर्ने छन् । 

पहिलो टि–२० मा ११ रनको जित हात पारेको भारत आजको खेल जित्दै १ खेल अगावै सिरिज आफ्नो नाममा गराउन चाहन्छ । पहिलो खेलमा मांशपेसीको समस्या देखिएका कारण आज रविन्द्र जडेजा उपलब्ध हुने छैनन् । भारतले जेडजाको स्थानमा सार्दुल ठाकुरलाई टिममा समावेश गरेको छ ।

भारतका लागि केएल राहुलले लय समात्नु राम्रो संकेत हो । उनले पहिलो खेलमा ५१ रनको पारी खेलेका थिए । राहुललाई ओपनिङमा शिखर धवनले साथ दिनेछन् ।

कप्तान विराट कोहलीले लय समात्न नसक्नु भारतका लागि चिन्ताको विषय बन्न सक्छ । उनले पहिलो खेलमा ९ रन मात्र बनाएका थिए ।

भारतका लागि सन्जु सामसनले मध्यक्रम तथा अलराउन्डर  डर हार्दिक पाण्डेयले तल्लोक्रम सम्हालने छन् ।

बलिङ आक्रमण स्पिनर युजवेन्द्र चहल र तिब्रगतिका बलर टि नटराजनले सम्हाल्ने छन् । उनीहरूले पहिलो खेलमा समान ३–३ विकेट हात पारेका थिए ।



भारतले आज तिब्रगतिका बलर महम्मद शामीको स्थानमा जसप्रित बुमराहलाई मौका दिन सक्छ । 

घरेलु टोली अस्ट्रेलिया पनि आजको खेलमा जित हात पार्दै सिरिज जित्ने सम्भावनालाई कायम राख्न चाहन्छ ।



अस्ट्रेलियाका  तिब्रगतिका बलर मिचेल स्टार्क आज उपलव्ध हुने छैनन् । उनी पारिवारिक कारण देखाउँदै टिमबाट बाहिरिएको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।

स्टार्कको स्थान कसले लिने यकिन नभए तापनि एन्ड्रयु टाई वा ड्यानियल साम्स मध्ये एकले मौका पाउने सम्भावना छ ।

अस्ट्रेलियाको ओपनिङ कप्तान आरोन फिन्च र डार्सी सर्टले गर्ने सम्भावना छ । स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले लय समात्न नसक्नु अस्ट्रेलियाका लागि चिन्ताको विषय बन्न सक्छ । पहिलो खेलमा स्मिथले १२ र म्याक्सवेलले २ रन मात्र बनाउन सकेका थिए । 

पहिलो खेलमा ३ विकेट लिनुका साथै ३० रन प्रहार गरेका अलराउन्डर मोइसिस हेनरिक्विस आज पनि भारतका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । बलिङ आक्रमणमा एडम जाम्प र मिचेल स्विपसन हुनेछन् ।

चोटका कारण पहिलो खेल गुमाएका मार्कस स्टोनिसले आजको खेल पनि खेल्ने नखेल्ने कुनै निश्चित छैन । यदि उनी आज फिट भएमा सन एबटको स्थान लिने छन् । स्टोनिसको आगमनले अस्ट्रेलिया केही मजबुद बन्नेछ ।

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १२:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया