धूमवाराहीमा सुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली गएनन
नेकपा सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक धूमवाराहीमा सुरु भएको छ । 

तर, आजको बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गएका छैनन् । शनिबार बालुवाटारमा बसेको सचिवालयमा बैठकमा ओलीको असहमती रहँदा रहँदै आज नेकपा स्थायी कमिटी बैठक सुरु गर्ने तयारी भएको थियो । 

तर, आइतबार ओलीले कोरोनाभाइरसको जोखिम रहेको भन्दै बैठकमा अनुपस्थित भएका हुन् । उनले आफ्नो राजनीतिक दस्तावेज पनि तयार नभएको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा उपस्थित हुने कुनै तयारी नभएको बताए ।





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १३:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया