गत वर्ष चीनको बुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोना भाइरसले यतिबेला विश्व आक्रान्त छ। कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो, शैक्षिक क्षेत्र । सामाजिक दूरी कायम गर्नुपर्ने यो समयमा भौतिक रुपमै उपस्थित भएर पढाइ–लेखाइ गर्न सम्भव छैन र यो कति लामो समयसम्म रहन्छ यकिन गर्न सकिने अवस्था पनि छैन ।
यसैबीच अनलाइन पढाइको अवधारणा नेपालमा पनि विकास हुँदै गएको छ । यही अवधारणालाई आत्मसाथ गर्दै मेन्टर्स अनलाइन एजुकेसनले अनौपचारिक शिक्षाको डिजिटलाइजेसनमा एक प्रयास सुरु गरेको छ । यसले मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षा तयारी कोर्षलाई स्वदेशमा नै विकास गरी आम विद्यार्थीका लागि इ(लर्निङ प्रणालीमार्फत् उपलब्ध गराएको हो ।
यस प्रणालीमा विद्यार्थीलाई कक्षाकोठामा भौतिक उपस्थितिको अनुभुति हुने गरी तयार गरिएको रेकर्डेड श्रव्य दृश्य सामग्री, पुनरावलोकन सामग्री लगायत अन्य सामग्री राखिएको मेन्टर्स अनलाइनका अध्यक्ष माधव पोख्रेल बताउँछन् ।
देशका विभिन्न क्षेत्रबाट प्रवेश परीक्षाको तयारीका लागि राजधानी नै धाउनुपर्ने बाध्यताको यसले अन्त्य गरेको पोखरेल बताउँछन् । कक्षा १२ को परीक्षापश्चात् मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा आफ्नो भविष्य देख्दै प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि यो प्रणाली उपयोगी हुने पोख्रेलको दाबी छ ।
विगतको सामान्य अवस्थामा होस् वा हालको असामान्य अवस्था होस्, तयारी कक्षा जस्ता अनौपचारिक शिक्षाका लागि प्रभावकारी विकल्प खोजिनु आवश्यक थियो, त्यसको परिपूर्तिका लागि मेन्टर्स अनलाइन एजुकेसनको जन्म भएको अध्यक्ष पोख्रेलको भनाइ छ। विद्यार्थीहरूका पाठ्यक्रमको विषयवस्तु, विषय विज्ञ र अनुभव तथा प्राविधिक सहजीकरणका हिसाबले मेडिकल तथा इन्जिनियरिङ तयारीका लागि उत्कृष्ट प्रणाली तयार भएको सञ्चालक विशाल तिमिल्सिना बताउँछन् ।
मेन्टर्स अनलाइनमा प्राडा विनोद पराजुली, प्राडा राम कुमार शर्मा, प्राडा भद्र पोखरेल, प्राडा हेमराज पन्त, प्राडा विनोद भट्टराई, प्रोफेसरहरु डा सन्तोष घिमिरे, डा गणेश श्रेष्ठ लगायत यस क्षेत्रका अनुभवी उत्कृष्ट अध्यापकहरु तथा सुपरिचित पुस्तकहरुका लेखकहरुले डिजिटल कोर्षको योजना, निर्माण, अनुगमन र समीक्षामा भूमिका खेल्नुभएको सञ्चालक डिल्लीराज पाण्डेयले बताए।
नेपालका लागि नयाँ खालको सोच भए तापनि छिमेकी देश भारत लगायत अन्य देशहरुमा यस खालको प्रयोग अति प्रभावकारी र सफल सिद्ध भइसकेको छ । यस प्रकारको प्रयासले देशका जुनसुकै ठाउँबाट इन्टरनेटमार्फत् विद्यार्थीले सुविधा लिन सक्दछन् । विद्यार्थीले मेन्टर्स अनलाइन एजुकेसनको वेब साइट mentors.com.np मा गएर आफ्नो खाता खोली आफूले तयारी गर्न लागेको कोर्ष प्राप्त गर्न सक्नेछन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।