काठमाडौंका विद्यालयमा नेपाल भाषा

काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा) को पाठ्यपुस्तक तयार गरेको छ ।

महानगरपालिकाले कक्षा एकदेखि आठसम्म ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो । नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट स्थानीय पाठ्यक्रमका रुपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सक्ने व्यवस्था भए अनुसार महानगरले सो पाठ्यक्रमको विकास गरेको हो ।

यो पुस्तक महानगरपालिका भित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुमा पढाइने महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए । पाठ्यक्रममा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयहरु समेटिएका छन् । काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेल जस्ता विषय समेत पाठ्यक्रममा समेटिएको ढकालले बताए ।

महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय र ६४० वटा संस्थागत विद्यालयहरु रहेका छन् । यी सबै विद्यालयमा एक सय पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने पनि ढकालले बताए ।





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १८:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया