केजरीवालको दावी : ९ रंगशालालाई जेल बनाएर किसानलाई थुन्न चाहन्थ्यो मोदी सरकार

भारतको राजधानी दिल्लीमा विगत १२ दिनदेखि किसान आन्दोलन चलिरहेको छ । केन्द्र सरकारले जारी गरेको किसान ऐनको विरोधमा किसान आन्दोलित भएका हुन् । आन्दोलनरत किसानलाई भेट्नका लागि दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवाल प्रदर्शनस्थलमा पुगेका छन् । सोमबार केजरीवाल दिल्ली-हरियाणा राज्यको  सिन्घु बोर्डरमा प्रदर्शन गरिरहेका किसानमाझ पुगेका थिए । त्यहाँ पुगेर उनले आफू किसानको यस आन्दोलनको पक्षमा रहेको बताएका छन् । 

‘म सुरुबाट नै किसानको संघर्षमा साथै छु, किसानले उठाएको मुद्दा र संघर्ष जायज छ।’ केजरीवालले आन्दोलनरत किसानमाझ भने । केन्द्र सरकारले आन्दोलनका लागि दिल्ली आएका किसानलाई नियन्त्रणमा लिएर थुन्ने योजना बनाएको केजारीवालले दावी गरेका छन् । 

उनको भनाइ अनुसार केन्द्र सरकार र प्रहरीले दिल्लीका ९ रंगशालालाई जेल बनाउनका लागि प्रस्ताव गरेका थिए । ती रंगशालालाई जेल बनाएर आन्दोलन गर्न आएका किसानलाई त्यहाँ थुन्ने योजना मोदी सरकारको थियो। तर आफूले त्यसो गर्नका लागि अनुमति नदिएको केजरीवालको भनाइ छ । 

आन्दोलनरत किसान र सरकारबीच ५ चरणमा वार्ता भइसकेको छ । तर कुनै निकास निस्किएको छैन । आन्दोलनरत किसानले भोली भारत बन्दको घोषणा गरेका छन्। 





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १४:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया