कर्णालीमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या ७ हजार नाघेको छ । 

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार कुल संक्रमितको संख्या ७ हजार २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३६ जना संक्रमित थपिएका छन् । 

कुल संक्रमण पुष्टि भएकामध्ये हालसम्म ६ हजार ४ सय ९८ जना उपचारपछि निको भएका छन् । सोमबार थप ३० जना संक्रमित निको भएका छन् । 

कर्णालीमा हालसम्म कुल संक्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने ३ सय ७० जना सक्रिय संक्रमित छन् । 

संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेको मन्त्रालयका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १७:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया