के एकपटक ठिक भइसकेकाले पनि कोरोना भ्याक्सिन लगाउनु पर्छ ?

गत डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व त्रसित बनेको छ ।

तर, विश्वभर विभिन्न देशले अब कोरोनाभाइरस भ्याक्सिन बनेको दाबी गर्न थालेका छन् । विभिन्न देशमा विभिन्न औषधी कम्पनीहरुले आफूहरुले भ्याक्सिन बनाउन थालेको र यसको प्रभावकारिता निकै बढी भएको बताउन पनि थालेका छन् । 

यसका कारण विश्व अब कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको प्रतीक्षामा रहेको छ । 

तर, प्रश्न उठेको छ– के एक पटक कोरोनाभाइरस ठिक भइसकेकाले पनि कोरोना भ्याक्सिन लगाउनु पर्छ ?

टोरन्टो विश्वविद्यालयका इम्युनोलोजिस्ट जेनिफर गोमरमेनले चाहिँ यो भ्याक्सिनले कोरोना संक्रमण कति रोक्छ भन्ने अनुमान लगाउन नै समस्या भइबो बताएका छन् । सँगसँगै उनले कोरोना जितिसकेका व्यक्तिले पनि कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउनु पर्ने बताएका छन् । यो भ्याक्सिनले मानिसको शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउने भएकाले यो थप प्रभावकारी हुने तर्क दिँदै उनले यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १८:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया