थप एक्लिए ओली

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादमा अध्यक्ष केपी शर्मा ओली थप एक्लिँदै गएका छन् । उनलाई साथ दिइरहेका नेताहरुले पनि अब विस्तारै उनको साथ छोड्न थालेका छन् ।

गत वर्ष चैतमा नेकपामा देखिएको विवादमा पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, मणि थापालगायतले ओलीलाई समर्थन गरेका थिए । 

तर, पछिल्लो समय ओलीलाई पूर्वएमालेका उनकै गुटका नेताहरुले पनि साथ दिन छाडेका छन् । 

यसको उदाहरण हो, आइतबार धूमवाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक । नेकपा स्थायी कमिटी बैठकमा ओली आफू उपस्थित भएनन् । त्यहाँ उनले ईश्वर पोखरेलमार्फत् एउटा चिठी पठाएका थिए । 

ओलीले कुनै पनि औचित्य नभएको स्थायी कमिटी बैठक भनिरहँदा ओलीनिकट नेताहरु सुवास नेम्वाङ, पोखरेल, प्रदीप ज्ञवालीलगायत चाहिँ स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । 

‘यसले प्रष्ट देखाउँछ, ओली अब एक्लिएका छन्,’ नेकपामा माधव नेपालनिकट एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘यदि ओलीले अहिले लिएको अडान सही थियो भने स्थायी कमिटी बैठकमा उनको समर्थनमा रहेका नेताहरु उपस्थित नै हुने थिएनन् ।’



उनका अनुसार अब नेकपामा ओली थप एक्लिएका छन् । ‘नत्र उहाँले लिएको अडानलाई उहाँका सारथीहरुले साथ दिनु पथ्र्यो,’ ती नेताले भने, ‘कसैले पनि साथ नदिएकाले ओली एक्लिएको प्रष्ट बुझिन्छ ।’



  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १८:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया