साझा र विवेकशीलबीच एकता घोषणा बुधबार

आफूलाई वैकल्पिक शक्तिका रुपमा दाबी गर्दै आएका साझा पार्टी र विवेकशील नेपाल दलबीच बुधबार एकता घोषणा हुने भएको छ । 

गत स्थानीय निर्वाचनपछि एकत्रित भएका यी दुई दल संघीय संसद् तथा प्रदेश निर्वाचनपछि पुनः अलग भएका थिए । 

यी दुई पार्टीलाई पुनः एकीकरण गर्न दबाब आएपछि उनीहरु पछिल्ला केही महिनादेखि निरन्तर वार्तामा छन् । 

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा’ रहनेछ । पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र मिलन पाण्डे संयोजक रहनेछन् । 

एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहने बताइएको छ । 

त्यसैगरी कार्य समिति १२ देखि १४ सदस्यीय हुनेछ । कार्यसमितिमा पनि दुवैतर्फका बराबर सदस्य रहने सहमति भएको बुझिएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १९:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया