चीनलाई अर्को झट्काः अमेरिकाले लगायो फेरि प्रतिबन्ध

चीनलाई झट्का दिने अमेरिकी सिलसिला अहिले पनि कायमै छ । कयौँ कम्पनीहरुलाई ब्ल्याकलिस्ट गरेको अमेरिकाले फेरि चीनका केही अधिकारीहरुविरुद्ध कारवाही गर्ने घोषणा गरेको छ । 

हङकङ स्वायत्ततालाई कमजोर गर्ने विषयमा अमेरिकाले सोमबार चीनका १४ वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । यी अधिकारीमा एक तिब्बती पनि परेका छन् । 

प्रतिबन्ध घोषणा गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले चिनियाँ यी अधिकारीका कारण हङकङका मानिसले आफ्नो प्रतिनिधि पनि चुन्न नपाएको बताएका छन् । 

अब यी अधिकारीहरुले अमेरिकी भिजा पाउने छैनन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार ७:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया