प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई दमौलीमा पक्रनुको कारणबारे प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।
गत मंसिर १७ गते तनहुँको व्यास नगरपालिकामा पर्ने बुल्दीखोला पुल उद्घाटनका लागि जाने क्रममा तनहुँ प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।
प्रहरीले पौडेललाई पक्रनुको कारणबारे स्पष्ट पार्दै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिएको जिकिर गरेको थियो ।
मंगलबारको सर्वदलीय बैठकमा पौडेलले सरकारले नैतिक शक्ति गुमाएका कारण सडकमा राजावादीहरु सलबलाएको बताएका थिए । पौडेलले सरकार सर्वसत्तावादी दिशामा अघि बढेको आरोप लगाउँदै सच्चिन आग्रह गरेका थिए ।
संसद बैठक छिटो बोलाउन माग गर्दै नेता पौडेलले अध्यादेशबाट सरकार चलाउनु लोकतन्त्रको भावनाविपरीत भएको बताए ।
रामको जन्मभूमिबारे अनावश्यक टिप्पणी गरेपछि रिसाएको भारतलाई फकाउन प्रधानमन्त्रीले निकै गिर्नुपरेको आरोप लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।