स्थायी प्राध्यापकसरह सुविधा पाउनुपर्ने आंशिक प्राध्यापकको माग

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले स्थायी प्राध्यापकसरह ज्याला पाउनुपर्ने माग गरेका छन् । उनीहरुले आफ्नो माग पूरा गर्न दबाब दिन विश्वविद्यालयका कक्षा र परीक्षा बहिष्कार गर्ने घोषणा गरेका छन् । 

त्रिवि आंशिक प्राध्यापक सङ्घ केन्द्रीय कमिटीले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने पनि चेतावनी दिएको छ । 

आंशिक प्राध्यापकहरुले समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापक सरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेसागत स्थायित्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकले शिक्षण सहायकसरह सेवा सुविधा पाउनुपर्नेलगायत माग राखेका छन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार २०:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया