बेलायतमा पहिलो व्यक्तिलाई दिइयो कोरोनाविरुद्धको भ्याक्सिन

बेलायतमा एक हजुरआमालाई कोरोनाभाइरसविरुद्धको भ्याक्सिन दिइएको छ । विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने उनी पहिलो व्यक्ति भएकी छिन् । 

यो फाइजर कम्पनीले बनाएको कोरोनाभाइरस भ्याक्सिन थियो । 

अर्को साता ९१ वर्ष पुग्ने मार्गारेट किननले यसलाई आफ्नो जन्मदिनको उपहारका रुपमा लिएको बताएकी छिन् । उनलाई फाइजर कम्पनीले बनाएको भ्याक्सिन बेलायतमा पहिलो पटक दिइएको हो । अहिले बेलायतले फाइजर कम्पनीले बनाएको ८ लाख डोज भ्याक्सिन आफ्ना नागरिकलाई लगाउन थालेको छ ।

यो महिनाको अन्त्यसम्म बेलायतमा ४० लाख जनालाई भ्याक्सिन दिइने बताइएको छ ।
 

मार्गारेट किननलाई भ्याक्सिन दिए पछि बेलायतमा प्रधानमन्त्री, स्वास्थ्य मन्त्री तथा अन्य अधिकारीले नयाँ कदम सुरु भएको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार २०:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया