मन्त्रिपरिषद् निर्णय सार्वजनिक, तीन सचिवको सरुवा

सरकारले मंसिर १८ गते र २३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णय सार्वजनिक गरेका हुन् । 

मन्त्रिपरिषद बैठकले ३ जना सचिवको सरुवा गरेको छ । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहमा र अतिरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

त्यसैगरी सरकारले स्थानीय तहअन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकारमातहतमा सारेको छ ।

मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने निर्णय गरेको हो । 

मंसिर १८ गते बसेको बैठकले अब यी अस्पतालको व्यवस्थापनको जिम्मा प्रदेश सरकारको हुने निर्णय गरेको छ ।



सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा भद्रपुर झापाका डा. विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ । 



  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार १८:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया