अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयले दिएका दुई निर्देशनपछि कोरोना भुक्तानीको संख्या बढेको दाबी गरेका छन् ।
कोरोना बिमा भुक्तानीमा निकै ढिलाइ भइरहेको भन्दै पीडितले गुनासो गरेपछि मन्त्री पौडेलले समयावधि तोकेरै बिमा भुक्तानीको निर्देशन दिएका थिए ।
हालसम्म ८ हजारभन्दा बढीले बिमा दाबी भुक्तानी पाइसकेको मन्त्री पौडेलको भनाइ छ । निर्देशन दिनुअघि सो संख्या जम्मा १४ सय मात्रै रहेको उनले बताए ।
मन्त्री पौडेलले बिमा दाबी भुक्तानीमा ढिलाइ गर्ने कम्पनीलाई कारबाही गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
बुधबारसम्म १७ हजार २ सय ३५ जनाले बिमा भुक्तानी दाबी गरेका छन् । तीमध्ये ८ हजार १ सय ४५ जनाले भुक्तानी पाइसकेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।